Skip to content
LAXMI SUNRISE BANK

नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीलाई ओम अस्पतालमा सहुलियत

अर्थ सरोकार

काठमाडौँ – नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीले ओम अस्पतालबाट उपचारमा सहुलियत पाउने भएका छन् । ओम अस्पताल तथा रिसर्च सेन्टर र नेपाल ग्याँस उद्योग संघबीच सदस्य तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा सोमबार सम्झौता भएको हो ।
समझदारीपत्रमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्की तथा सञ्चालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठक, प्रशासन तथा बित्त निर्देशक दिपेन्द्र पोखरेलले तथा एलपि ग्याँस उद्योग संघका तर्फबाट अध्यक्ष, गोकुल भण्डारी,बरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली, महासचिब दिवान चन्द र सचिव श्याम बुढाथोकीले हस्ताक्षर गरेका छन्  ।
अस्पताल र संघबीच भएको सहमतिअनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको कन्सल्टेसन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा बिशेष छुट पाउने छन् । ‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा दुईदशक अघिदेखि समर्पित ओम अस्पताल तथा रिसर्च सेन्टरले सुलभ मूल्यमा बिश्वस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK