
काठमाडौं । अनिवार्य प्यानको घोषणा भएको ४५ दिनमै १ लाख बढीले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
सरकारले आर्थिक वर्षको सुरुभएसँगै प्यान अनिवार्य गरेको थियो । तलव, ज्याला तथा अन्य सुविधालगायत लिनका लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था सरकारले ल्याएको थियो । यो व्यावास्थापछी पछिल्लो ४५ दिनमा १ लाख बढीले प्यान लिएका छन् ।
आन्तरिक राजश्व विभागका अनुसार अहिलेसम्म लगभग २२ लाख बढीले प्यान लिइसकेका छन् भने पछिल्लो ४५ दिनमा मात्रै १ लाख प्यान लिएका छन् । दैनिक २ हजार बढीका दरले नयाँ प्यान वितरण भइरहेको छ । १००० भन्दा बढिको कारोबारमा अनिवार्य प्यान नम्बर लागू गरिएको हो ।
यसरी लिनुहोस् स्थायी लेखा नम्बर
आन्तरिक राजश्व कार्यालयको बेवसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गएर अनलाइन फारम भरेर पनि लिन सकिन्छ र आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालयमा गएर समेत फराम भरी स्थायी लेखा नम्बर लिन सकिनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्