
काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भारतले हेपाहा प्रवृति देखाएको छ । नेपाल र भारतबीच पानीको बाँडफाँडको विषयमा भारतले अनुचित शर्त राखेपछि सहमति हुन सकेको छैन भने सहमति नभएपछि सो आयोजनाको डीपीआरमा नै अन्योलमा परेको छ ।
आयोजनामा जम्मा हुने पानीको ९० प्रतिशत हिस्सा भारत आफैले पाउने पर्ने माग गरेको छ । नेपाल सरकारले भने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दुईको साझा नदी भएका कारणले पानीको बाँडफाँड पनि बराबरी हुनुपर्छ भन्ने अडानमा छ । जस कारण वर्षौ सयम बितिसक्दा पनि आयोजनाको डीपीआर पूरा हुन सकेको छैन् ।
दुई देशका अधिकारीबीच यस बारे छलफल गर्दा पनि अहिलेसम्म कुनै निश्कर्ष निकाल्न सकेका छैनन् । भारतको चाहनाअनुसार डीपीआरमा सहमति जनाउन नसकिने हुनाले जतिपटक छलफल भए पनि डीपीआर टुंगो लाग्न ओलाग्न नसकेको बैठकमा नियमित सहभागी हुने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक अधिकारीको तर्क छ । सो आयोजनाका लागि करिब ६ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्