×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु टिभी नयाँ टेक्नोलोजीमा, अब मोबाइल मै टिभी हेर्न सकिने

PRIME CA

प्रभु टिभी नयाँ टेक्नोलोजीमा, अब मोबाइल मै टिभी हेर्न सकिने

२५ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ । याे समुहले अब इन्टरनेटबाट पनि टिभी हेर्न मिल्ले सेवा शुरु गरेको हो । यस अगाडि प्रभु समुहले ओरिस्टोरियल प्रविधिमा आधारित टेलिभिजन वितरन सेवा संचालनमा ल्याएको छ ।
प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् मोबाइल सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ । नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन् ।
मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।
साथै, प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवासमेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।
सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो । त्यसपछि सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेेको प्रभु टीभीले जनकपुर र बीरगन्जमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: