
काठमाडौँ । प्रभु बैंक लिमिटेडले खुद नाफामा ‘छलाङ’ मारेको छ । बैंकले यसपाली २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । गतबर्ष बैंकले ९६ करोड ७० लाख नाफा गरेको थियो । बैंकले केहि खराब हालतका संस्थाहरु आफुमा मिसाएर पनि यस्तो शत प्रतिशतभन्दा माथिको नाफा आर्जन गर्न सफल भएको हो।
बैंकले ब्यापार बिस्तारसँगै खुद आम्दानीमा पनि उच्च सुधार गरेको छ । ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्याएको बैंकले ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । यसो त बैंकले पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा ५९ करोड ८३ लाख रुपैयाँले बढेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ भने बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ । बैंकको आधार दर घटेर ९.३६ प्रतिशतमा आइसक्दा बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्