×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रिमियर फाइनान्सको बदमासी, जसले पद्मा संग्रौलालाई सडकमा पुर्यायो, सुदर्शनराजलाई बदनाम गरायो… (भिडियो)

काठमाडौँ । पद्मा संग्रौला गेष्ट हाउस चलाएर बसेकी एक व्यवसायी थिइन् । तर उनी बसेको घर घरभेटीले ऋणमा लिएका रहेछन् । घरभेटीले ऋण तिर्न सकेनन् र फाइनान्सले उक्त घर लिलामीमा हाल्यो । सोहि घरमा गेष्ट हाउस चलाएकी संग्रौलाले लिलामीमा बिड गरिन् र घर फाइनान्सले उनकै नाममा दियो । तर प्रक्रिया नपुर्याई र आफुलाई नसोधी, प्रक्रिया पूरा नगरी यस्तो गलत काम भएको, फाइनान्सको मिलेमतोमा संग्रौलालाई घर दिईएको भन्दै अदालतमा मुद्धा पर्यो । संग्रौलाले गेष्ट हाउस चलाउँदा मोटो रकम उक्त घरमा खर्च गरिसकेको बताउँछिन् । उनको भनाइ छ । ‘सुरुमा मलाई खर्च गर्दा केहि भानिएन । मैले लगानी गरिसकेपछि मेरो सम्पत्तिसमेत हत्याउने डिजाइन सुदर्शन राज पाण्डेले गरे। ‘
त्यसपछि सुरु भयो मुद्धा-मामिला 
पद्मा संग्रौलालाई प्रिमियर फाइनान्सले घर बेचिसकेको थियो । तर प्रक्रिया नै नपुर्याई फाइनान्स र संग्रौलाको मिलेमतोमा घर बेचिएको भन्दै पाण्डेले जिल्ला अदालतमा मुद्धा हाले । जिल्ला अदालतले उक्त घर पहिलाको घरभेटिलाई नै फिर्ता दिन र तिनैसँग रकम असुल गर्न भन्यो । संग्रौला त्यसपछि पुनरावेदन गइन् । पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्यो । यहाँनेर संग्रौलाले न्यायधिससँग नै पाण्डेले सेटिङ गरेर उक्त फैसला गराएको आरोप लगाईरहेकी छिन् । दुइ अदालतबाट फैसला आएपछि उक्त घर पाण्डेले निखने । सुदर्शन राज पाण्डे घरभेटीका दाजु हुन् । भाइको बिल्लीबाठ भएपछि भाइको घर आफुले निखानेको उनको भनाइ छ । जिल्ला अदालत र पुनरावेदन अदालतले घरभेटीकै पक्षमा फैसला गरेपछि सुदर्शन राज पाण्डेले अहिले उक्त घर सनराइज बैंकमा धितोमा राखेका छन् । तर सर्वोच्चमा घरको मुद्धा विचाराधीन छ । मुद्धा परेको जग्गा कसरी सनराइज बैंकले धीतोमा राख्यो भन्ने प्रश्न पनि संग्रौलाको छ । ‘फाइनान्सले मेरो नाममा गरिदिंदाचाहिं मैले चलाउन नपाउने, अनि मैले मुद्धा लडेको घरचाहिं सनराइजले सिधै धितो राखेर ऋण दिने ?’ संग्रौलाको तर्क छ ।  
सुरु भयो धम्कीको सृंखला 
पद्मा संग्रौलाले पाउनुपर्ने पैसा आफुले दिइसकेको पाण्डेको दावी छ । यद्यपी उनले रकम बुझेकी छैनन् । यता संग्रौलाले भने आफ्नो पाचौँ करोडको सम्पत्ति केहि पैसामा फिर्ता दिएर आफुलाई बिल्लीबाठ बनाइएको आरोप लगाईरहेकी छिन् । उनको आरोप छ, ‘यो सबै कामको डिजाइनर नै सुदर्शन राज पाण्डे हुन् । उनकै मिलेमतोमा यो सब काम भएको छ ।’ दुवै एक अर्काले आफुलाई धम्की दिएको बताईरहेका छन् । संग्रौला पाण्डेले मान्छे लगाएर आफुलाई मार्ने धम्की दिइरहेको बताईरहेकी छिन् भने यता पाण्डे पनि संग्रौलाका मान्छेहरुले आफुलाई मार्नेसम्मको धम्की दिएको बताईरहेका छन् । अहिले पदमा संग्रौलाका कारण आफ्नो बदनाम भइरहेको सुदर्शन राज पाण्डेको आरोप छ । 
बाँकी तलको भिडियोमा हेर्नुहोस् 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: