
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताउनु भएको छ । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास, निर्माणका काममा हुने ढिलाईलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको पनि स्पष्ट पार्नुभयो । उहाँले एक हप्ता भित्र सो सम्बन्धमा ठोस निर्णय लिने पनि समितिलाई जानकारी दिनु भयो । मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मत सम्हारको जिम्मेवारी ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरुलाई दिने नीतिगत निर्णय लिइएको पनि स्मरण गराउनुभयो ।
मन्त्री महासेठले काठमाडौंमा विद्युतीय सवारी साधन संचालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको पनि बताउनुभयो । उहाँले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने भएकाले आफूले विद्युतीय बस संचालनका लागि आउनेहरुलाई तत्काल उनीहरुले मागेकै रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले १० वर्ष अघि आफू नेतृत्वको सरकारले अघि सारेको काठमाडौं–धार्के सुरुङमार्ग निर्माण परियोजना अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले सो परियोजनाको काम तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले काठमाडौंमा आउने सवारी साधानको उचित व्यवस्थापनका लागि आफूले अघि सारेको सो परियोजना किन अघि बढन नसकेको भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्