×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र संचालनमा, डोमेन र वेबसाइटहरु अनुगमन गरिने (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र संचालनमा, डोमेन र वेबसाइटहरु अनुगमन गरिने (भिडियो रिपोर्ट)

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आज बाट संचालनमा आएको छ । बुधबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गर्नु भयो । पहिलो चरणमा नेपाल भित्र चलिरहेका डट कम र डट एनपी का साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र संचालनमा आएको बताइएको छ । यो केन्द्रले नेपाल भित्र संचालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सह सचिव बिरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ । साथै इन्टरनेट प्रोटोकल पछ्याउदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ । उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्ने पनि जानकारी दिनुभयो । 
यो अनुगमन केन्द्रको स्थापना पछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ । यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्ने छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: