
काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सबैको लघुवित्तको आइपीओ साउन ५ गते सम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन ३० गते सम्म भर्न पाइनेछ ।
उक्त आइपीओको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्