Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा आप्रवासी कामदारहरुको अन्तराष्ट्रिय सम्मेलन हुने, विभिन्न पदाधिकारीहरु सहभागी हुँदै (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ – नेपालमा मानव अधिकारको संरक्षणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी कार्तिकको २६, २७ र २८ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । आईतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष अनुपराज शर्माले ४० लाखभन्दा बढि विदेशमा काम गर्न जाने मजदुरहरुको हक, अधिकारलाई सुनिश्चित गराउने गरी सम्बन्धित राष्ट्रहरुसहितको उपस्थितिमा सो सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । सम्मेलनमा नेपाली कामदार जाने देशका सरकार तथा मानव अधिकार आयोगका पदाधिकारीहरु सहभागी हुनेछन ।
विदेशमा काम गर्न जाने कामदारहरुले अनेक पीडा भोग्नु परेपछि ती समस्या समाधानका लागि सन् २०१० बाटै विभिन्न मुलुकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने गरेको छ । नेपालमा पनि विदेशमा काममा जाने नागरिकहरुको संख्या उल्लेख्य रहेका छन् । उनीहरुको मानव अधिकारसँग सम्बन्धित समस्या समस्या समाधानका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको पनि आयोगका अध्यक्ष शर्माले स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो:
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK