काठमाडौँ – सानिमा बैंकले विगत ७ वर्ष देखि प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष पनि बैंकले काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्नको लागि आवेदन खुला गरेको छ ।
उक्त छात्रवृत्तिका लागि विद्यार्थीले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ ।