×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कछुवा गतिमा प्रगति गर्दै एसबिआई बैंक, १३ प्रतिशतले नाफा बढ्दा, अन्य सूचक कस्तो ?

PRIME CA
GLOBAL IME BANK

कछुवा गतिमा प्रगति गर्दै एसबिआई बैंक, १३ प्रतिशतले नाफा बढ्दा, अन्य सूचक कस्तो ?

१४ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५-७६ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आईपुग्दा २ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले खुद नाफा १३.८४ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा ९७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले अघिल्लो वर्षको असार मसान्तमा भने ८४ अर्ब २२ करोड निक्षेप निक्षेप संकलन गरेर ७२ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यता बैंकले यो अवधिमा आउँदा १४.६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुर्याएको विवरणमा उल्लेख छ । यस्तै बैंकले सञ्चालन नाफा पनि १३.४८ प्रतिशतले बढाएर ३ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुर्याएको विवरणमा उल्लेख छ । 
बैंकले सार्वजनिक गरेको विवरण अनुसार प्रतिसेयर आम्दनी २ रुपैयाँ १ पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ८९ पैसा छ । बैंकको इपिएस २७.२६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात पनि कम अर्थात ०.२० प्रतिशत रहेको छ । यता बैंकको बेसरेट ९७२ प्रतिशत, स्प्रेड ४.४३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.३८ प्रतिशत रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: