काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको ऋणपत्र सुचिकृत भएको छ । बैंकले १० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत गरेको हो । बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।