×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्तको खुद नाफा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा !

PRIME CA
GLOBAL IME BANK

वोमी लघुवित्तको खुद नाफा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा !

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ५५.८५% ले वृद्धि गरी ६ करोड २७ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसले ४ करोड २ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद  ब्याज आम्दानी ५२.४९% ले बढेर १२ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले ८ करोड ४२ लाख २० हजार रुपैयाँ खुद  ब्याज आम्दानी आर्जन गरेको थियो । यता, सञ्चालक नाफा पनि ६ करोड ६ लाख ५२ हजार रुपैयाँबाट बढेर ९ करोड ५९ लाख ७६ हजार रुपियाँ पुर्याएको छ । 
यो चौथौ त्रैमाससम्ममा संस्थाको निक्षेप संकलन ४४.२१% ले बढेर ६१ करोड ९३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ५१.७४% ले बढेर १ अर्ब ८४ करोड ६१ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।  संस्थाको रिजर्भ कोषमा २५०.६१% ले बढेर १४ करोड ४२ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा रिजर्भ कोषमा ४ करोड ११ लाख ३० हजार रुपैयाँ मात्र रहेको थियो । 
संस्थाको खराब कर्जा ०.११% ले घटेर ०.५४% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८ पैसा रहेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: