काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १७ लाख ३१ हजार रुपैयाँ कमाएको छ । संस्थाको खुद ब्याज आम्दानी १ करोड १ लाख ८० हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा २७ लाख २१ हजार रुपैयाँ रहेको छ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप ८ करोड ८३ लाख ९० हजार रुपैयाँ संकलन गरेर कर्जा १० करोड ५७ लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ । हाल चुक्ता पुँजी १ करोड ४० लाख रहेको संस्थाको जगेडा कोषमा १७ लाख ३१ हजार रुपैयाँ जम्मा भएको छ।
यता, संस्थाको खराब कर्जा ०.३१% र कस्ट अफ फन्ड ७.८३% रहेको छ । केन्द्रीय कार्यालय बर्दिवास मोहत्तरीमा रहेको आदर्श लघुवित्त २०७५ साल पुस १ गतेदेखि सञ्चालनमा आएको हो । लघुवित्तले १० जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेर सेवा दिंदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्