काठमाडौं – कृषि विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार यो चौथौ त्रैमाससम्म आउँदा बैंकको अधिकांश सूचकमा सुधार आएको छ। यस अवधिमा बैंकले खुद नाफा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ कमाएको छ । यस अनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा १९.१५% ले धेरै हो । गत वर्ष बैंकले यसै अवधिमा ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.६१% ले बढाएर ७ अर्व ३७ करोड ३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष बैंकले खुद ब्याज आम्दानी ६ अर्व ८४ करोड ८६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको थियो । यता, गत वर्ष ४ अर्व ९४ करोड ४० लाख २२ हजार रुपैयाँ सञ्चालन नाफा रहेको बैंकले यस त्रैमासमा १०.८१%ले बढाएर ५ अर्व ४७ करोड ८८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा क्रमश: १४.९१% र ११.२१% ले वृद्धि गरेको छ । साथै, बैंकको चुक्ता पुँजी ३.६६% ले बढेर १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १० अर्व ४० करोड ५९ लाख ४२ हजार रुपैयाँ जम्मा गरेको छ ।
यस अवधिमा बैंकको खराब कर्जा भने ०.२४%ले घटेर २.९०% मा झरेको छ भने कस्ट अफ फन्डमा ७.१४% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ ३ सय १४ रुपैयाँ १५ पैसा रहेको विवरणमा देखिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्