काठमाडौं । स्वयम् कर घोषणा अन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलि सरह नै कारवाही हुने भएको छ । संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आईतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलि सरह अपराध ठहर भई कारवाही हुने बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सँजायको मात्रा ठुलो हुदैमा राजश्व असुली नहुने तर्क गरेका थिए ।हेर्नुहोस् भिडियो: