×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आह्वान (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आह्वान (भिडियो रिपोर्ट)

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’ सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै उहाँले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । 
अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराउनुभयो । कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्सार प्रशासनमा सुधार ल्याउने काममा सुधार हुँदै गएको दावी पनि गर्नुभयो ।
महानिर्देशक दंगालले देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: