
काठमाडौं । अवैध रुपमा प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका नारायणदास मानन्धरलाई नेपाल राष्ट्र बैंकले घुमाउरो दनक दिएको छ । उनी नेपाल राष्ट्र बैंकको नियम मिचेर प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेपछि उनको पद खुस्किएको छ । राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सीइओमा नियुक्त भइसकेकाले ६९ बर्षसम्म काम गर्न मिल्ने आशय छ । तर उनी ६९ कटिसकेका छन् । यसर्थ उनी आजैबाट पदमुक्त भएका छन् ।
सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्