काठमाडौँ । आइतबार नेपाल विद्युत प्राधिकरणको भव्य कार्यक्रम चलिरहेको थियो । प्राधिकरणले निकै राम्रो नाफा गरेको भन्दै कुलमानको चर्चा भइरहेको थियो । तर उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा झ्याप्प बत्ति गयो । उर्जा मन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए ।
यो सब हेरिरहेका कुलमान रुन्चे अनुहार बनाएर बसे ड्यासमा । नाबसुन् पनि किन, उनको राष्ट्रिय बेइज्जत भएको थियो । केही समय अघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो ।