
काठमाडौँ । स्थानीय सरकारले इटा उद्योगमा कडाई गरेसँगै व्यवसायी आन्दोलित भएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इटा उद्योग महासंघले स्थानीय सरकारले इटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इटा भट्टाको उद्योग नै भत्काएको भन्दै ब्यबसायी आन्दोलित भएका हुन् । केहि दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले इटा भट्टामा डोजर लगाएर भत्काए पछि ब्यबसाय धरापमा परेको भन्दै ब्यबसायी आन्दोलित भएका छन् ।
पत्रकार सम्मेलनमा इटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले इटा उद्योग महासंघले बिध्यमान ऐन
नियमको अधिनमा रहेर कर तिर्ने सामाजिक उत्तर दायित्व बहन गर्ने ब्यबसायीको ब्यबसाय गर्ने हकको हनन् हुने गरि अबरोध सृजना गरिएकोे बताउनुभयो । स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको बिकाश प्रबर्द्धन र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानि नोक्सानी गरेको भन्दै महासंघले छानवीन गर्न माग गरेको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट ईटा उद्योगको नविकरणको लागि स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिसले मात्रै उद्योग नविकरण हुने व्यवस्था गरेको छ । स्थानीय तहले इटा उद्योग लगायतको दर्ता नविकरण समेतको अधिकार प्रयोग गर्न थाले पछि विवाद बढ्दै गएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्