
काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिनुभएको छ । राजधानी काठमाण्डौको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९को उद्घाटन गर्दे मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताउनुभएको हो । विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उहाँले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुयो “हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौ । तपाईहरुले व्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो । अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भनेर । त्यो सरकारले ल्याएको होला र ? तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस् । सरकार पनि इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस् । ”
उहाँले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताउनुभयो ।
व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उहाँले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्र संग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो । भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको बताउनुभयो ।
नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गर्नुभयो । उहाँले प्यान कार्ड लागु गर्ने विषयमा सरकारले उद्योगीहरुसंग परामर्श नगरेको गुनासो पनि गर्नुभयो ।
मंगलबार सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्