काठमाडौँ । बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया अगाडी बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार एक सूचना जारी गर्दै ब्रोकर लाईसेन्स लिनको लागि ईच्छुक कम्पनीहरुले १५ दिन भित्र आवेदन बुझाउनुपर्ने जानकारी गराएको हो ।
यस्तै निवेदन दस्तुर वापतको ५ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकको खाता नं. ७५०१०१००००७७५ मा जम्मा गरी सो को भौचरसहित निवेदन दिन नेप्सेले आग्रह गरेको हो । नेप्सेले “वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६” तयार पारि लागु गरेको हो । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ ।
यता बिहिबार देखि नै लागु हुने गरी ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको छ । नेप्सेले उक्त निवेदन लिएपछि प्रक्रिया पुरा गरेका कम्पनीलाई लाईसेन्सको लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्नेछ र बोर्डले लाईसेन्स दिने व्यबस्था रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्