
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा आइपुग्दा खुद नाफा ८६ करोड ८ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकको यो नाफा गत वर्षको तुलनामा ५.६४% ले थोरै हो । गत वर्षको सोहि अवधिमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
८ अर्व ४१ करोड चुक्ता पूँजी भएको यसको बैंकको जगेडा कोषमा १ अर्व ३ करोड जम्मा भएको छ । यस्तै बैंकको वितरण योग्य नाफा ५३ करोड ५१ लाख २८ हजार रुपैयाँ रहेको छ । साथै बैंकको सञ्चालन नाफा पनि १.०२% ले घटेको विवरणमा उल्लेख छ ।
यस अवधिसम्म आइपुग्दा बैंकले ५७ अर्व ९९ करोड ६३ लाख निक्षेप संकलन गरी ५६ अर्व ९३ करोड ४१ लाख कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८ पैसा रहेको छ ।
यस्तै खुद ब्याज आम्दानी भने ३९.२९% ले बढेर २ अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा गत वर्षको तुलनामा १.०२% ले घटेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्