×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेकेन्ड ह्याण्ड’ समान किनबेच हुने ‘हाम्रो बजार डटकम’मा कसले विक्रीमा राख्यो सेन्चुरी बैंकको प्रमोटर सेयर ?

PRIME CA
GLOBAL IME BANK

‘सेकेन्ड ह्याण्ड’ समान किनबेच हुने ‘हाम्रो बजार डटकम’मा कसले विक्रीमा राख्यो सेन्चुरी बैंकको प्रमोटर सेयर ?

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कसैले ‘जोक’ गर्दैछ ? वा यो अज्ञानता हो ? राख्नेले नै बुझुन् । तर हाम्रो बजार डटकम नामक अनलाइन जहाँ सेकेन्ड ह्याण्ड समानको किनबेच हुन्छ, त्यहाँ सेन्चुरी बैंकको प्रमोटर सेयर बेच्न राखिएको पाइएको छ । ब्रोकरको सहायताविना एकातर्फ किनबेच नै नहुने सेयरलाई यसरी भ्रमित पार्ने गरी राखिएको यस्ता विज्ञापनले सेयर बजारका बारेमा ज्ञान नहुनेहरुलाई थप भ्रममा पार्ने पक्का छ । 
सेन्चुरी बैंकको प्रमोटर सेयर हाम्रो बजार नामक अनलाइनमा राख्ने व्यक्तिले आफ्नो फोन नम्बर पनि दिएका छन् । हामीले यस्तो काम गर्ने को रहेछन् त ? भनेर फोन गर्यौं । फोन उठेन, बरु दुइ घन्टीमा काटियो । तर ‘ट्रु कलर’मा उनको नाम निरज केसी देखियो । उनले उक्त सेयरको मूल्य अहिले घटेर १३० भएको र पहिला १५० रहेको थियो भन्नेसमेत उल्लेख गरेका छन् । अझ हाँसउठ्दो कुरा त के छ भने उनले उक्त सेयर एक बर्ष प्रयोग गरेको भनी उल्लेख गरेका छन् । उक्त सेयरको मूल्यमा ‘नेगोसिएसन’ गर्नसमेत सकिने उनले उल्लेख गरेका छन्।  
यता सेयर बजारमा विज्ञहरुले भने यसलाई नियमनकारी निकायको लाचारीपनको उपज भनेका छन् । ‘यो घटनामा कसले किन त्यसरी हाम्रो बजारमा राख्यो भन्ने कुरा फरक हो । तर यसले धेरैलाई भ्रममा पार्न सक्छ । सेयर बेच्न कहाँ जाने र के गर्ने भन्ने धेरैलाई थाहा नभएका बेला यस्ता विज्ञापनमा नियन्त्रण नगरिए भोलिको स्थिति भयावह हुन सक्छ ।’ बजारका एक विश्लेषकले अर्थ सरोकार डटकमसँग भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: