
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३८.६८% ले वृद्धि गरी ९२ करोड ७ लाख १२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले अघिल्लो वर्षमा ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
सार्वजनिक विवरण अनुसार संस्थाले यो त्रैमाससम्म १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । यी दुई सूचक क्रमशः १५.५६%र ४३.६६% ले वृद्धि भएको छ ।
हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । त्यसैगरी संस्थाको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्