काठमाडौं – सिटिजन्स बैंक आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १२% नगद लाभांश र ३% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले कुल १५% लाभांश दिने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिको ३०८औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार ७७३ रुपैयाँको प्रस्ताव गरेको १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ नगद र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।