
काठमाडौँ । मुलुकभर कार्यक्षेत्र विस्तारको सुविधासहित वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्ने बाटो खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैकका सहायक कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स दिने भएको हो । बिहिबार नेप्सेले वाणिज्य बैकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न बाटो खोलेको हो । यससंगै अब बैंकहरुले ब्रोकरको काम गर्न पाउने भएका हुन् ।
नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारीस कार्यविधि २०७६ लागु गरेको छ ।
नेप्सेका आनुसार वाणिज्य बैकका सहायक कम्पनीलाई पनि अरु ब्रोकर कम्पनीले पाईरहेको सेवा सुविधा सरहनै पाउने कार्यविधि तयार गरिएको छ । केन्द्रिय बैंकबाट अनुमति लिनु पर्ने प्रावधान रहेको छ भने कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्ने बताइएको छ ।
बैकका सहायक कम्पनीले नेपालको जुनसुकै ठाउँमा काम गर्न पाउने व्यवस्था कार्यविधिमा रहेको नेप्सेले जनाएको छ । 

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्