×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाको दमकमा ६४ अर्बकाे ‘औद्योगिक पार्क’ : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

झापाको दमकमा ६४ अर्बकाे ‘औद्योगिक पार्क’ : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति (भिडियो रिपोर्ट)

Artha Sarokar

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने अनुमति दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो । ६४ अर्व नेपाली रुपैँयामा निर्माण गर्ने सो पार्कको डिपीआर तयार पार्ने स्विकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । त्यसैगरी तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिन भित्र चाईना कन्सट्रक्सन पावर र जापान–कतारको ज्वाईन्ट भेन्चरमा संचालित एक कम्पनीलाई प्रस्ताव पेश गर्न पनि आह्वान गरिएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी