काठमाडौँ । एभेरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको पद आजैक मितिबाट खुस्किएको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अवदेखि ७० बर्षभन्दा माथि रहेका व्यक्ति बैंकको अध्यक्ष बन्न नपाउने र बनिरहेकाहरुको हकमा ७४ काटेका व्यक्ति बैंकका अध्यक्ष भएको खण्डमा पदमुक्त हुने जानकारी दिएपछि आजैका मितिबाट श्रेष्ठ पदमुक्त हुने भएका हुन् । सर्कुलर सर्कुलर जारी भएकै दिनबाट लागु हुने प्रावधान छ ।
यसो त उनी यसअघि देखि नै राष्ट्र बैंकको टार्गेटमा थिए । राष्ट्र बैंकलाई धेरै कुरामा अटेरी गरेको भन्दै कुनै न कुनै रुपमा एभेरेष्ट बैंकलाई टार्गेटमा राखेर कदम चाल्ने राष्ट्र बैंकको तयारी थियो ।