काठमाडौँ – बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी भएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रधानमन्त्री निवास नजिकैको सुविसुको जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान रहेको छ ।
आगो नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ भने सुविसु कार्यालय अगाडिको सडकमा गाडीहरुको आवतजावतमा रोक लगाइएको छ ।
क्षतिको एकिन विवरण आउन भने बाँकी रहेको छ ।