
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ । सामाजिक सुरक्षा कोषले आईतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दे मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न सचेत गराउनुभएको हो । कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै उहाँले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताउनुभयो ।
कार्यक्रममा होटल संघ नेपाल कि अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भएपनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले २० जना भन्दा कम कार्यरत होटल संचालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वच्छिक हुने व्यवस्था गर्न माग गर्नुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु संञ्चालन गर्दे आएको छ । हेर्नुहोस् भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्