काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ६५ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।