काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ७१ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रति तोला ७२ हजार ५ सय रुपैयाँ मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।