काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ६५ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ६६ हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।