काठमाडौँ – सुनको मूल्य झन्झन बढ्दै गइरहेको छ । सोमबार प्रति तोला ७० हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ७१ हजार मूल्यमा कारोबार भईरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
त्यस्तै गरी चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम गरेको छ । यद्यपी सुनको मूल्य ७५ हजारसम्म पुग्न सक्ने व्यबसायीको भनाई छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्