काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ७१ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ११ रुपैयाँ ५ पैसा कायम गरेको छ ।