काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ७२ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ७३ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ९ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।