काठमाडौँ – गुराँस लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकहरु मजबुत भएको छ । यो अवधिसम्ममा संस्थाले खुद नाफा २९१.४६% ले वृद्धि गरेर १ करोड ४८ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले खुद नाफा ३७ लाख ९५ हजार रुपैयाँ मात्र कमाएको थियो ।
संस्थाको जगेडा कोष पनि मजबुत भएको छ । गत वर्ष ३५ लाख ६६ हजार ऋणात्मक रहेको जगेडा कोषमा यस वर्षमा ५९६.९४% वृद्धि गरेर १ करोड ७७ लाख २१ हजार जम्मा गरेको छ । संस्थाले १० करोड ६२ लाख १५ हजार निक्षेप संकलन गरी ६८ करोड ४७ लाख ६९ हजार कर्जा प्रवाह गरेको छ ।
संस्थाको खुद ब्याज आम्दानी ९४.४३%ले बढेर ४करोड ६ लाख ४९ हजार आर्जन गरेको छ भने सञ्चालन नाफा पनि २ करोड १५ लाख ९१ हजार पुगेको छ । यो नाफा गत वर्षको तुलनामा ४६८.९३%ले धरै हो । संस्थाको खराब कर्जा भने १.०९%ले बढेर २.७०% पुगेको छ । प्रति सेयर आम्दानी १९ रुपैया १७ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्