काठमाडौं – आइसीएफसी फाइनान्सको अधिकांश सूचकमा सुधार हुँदै गएको छ । फाइनान्सको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा ४१.३३%ले वृद्धि गरेर १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ पुर्याएको वित्तीय विवरण सार्वजनिक भएको छ। गत वर्ष यहि अवधिमा फाइनान्सले खुद नाफा ९ करोड ८३ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले खुद ब्याज आम्दानी ३०.२२%ले वृद्धि गरी ३५ करोड ४६ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २७ करोड २३ लाख २० हजार रुपैयाँ कमाएको थियो। साथै सञ्चालन नाफा १९ करोड ५९ लाख १८ हजार रुपैयाँ पुगेको छ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीले १० अर्व ९३ करोड २८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८ अर्व ७१ करोड २४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले रिजर्भ कोष ६५.४२% ले वृद्धि गरी ३५ करोड १४ लाख २० हजार रुपैयाँ जम्मा गरेको छ ।
यता, संस्थाको खराव कर्जा ०.०८% रहेको छ भने कस्ट अफ फन्ड ०.२ %ले घटेर ९.२३% रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६ पैसाले बढेर १५ रुपैयाँ ७६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ८४ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्