×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९’ किताब यात्रालाई !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९’ किताब यात्रालाई !

Artha Sarokar

३२ श्रावण २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘अव यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित घरघरमा किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनाका लागि चलेको स्टार्टअप कम्पनी किताब यात्राले ‘आइसीटि पब्लिक च्वाइस अवार्ड २०१९ ‘ अवार्ड पाएको छ । शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रमकाबीच किताब यात्रालाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिभिङ विथ आइसीटि पत्रिकाले आयोजना गरेको हो ।   
किताब यात्राले पाठकले खोजेको किताब घरसम्मै पुर्याउने व्यवस्था गरिरहेको छ ।  प्रविधिको प्रयोग गरेर किताबका पाठकलाई दिएको योगदानअनुरुप किताब यात्रा पब्लिक च्वाइस विधामा मनोनयनमा ।  किताब यात्राले सबैभन्दा बढी भोट पाएर यो अवार्ड चुम्न सफल भएको हो ।

अवार्ड किताब यात्राका सीइओ ऋषि राम अधिकारी,  कम्पनीका डेपुटी सिइओ विकेश भट्टराइ र कम्पनीका निर्देशक क्रिपेश किशोर घिमिरेले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

‘यो अवार्डले अझै जिम्मेवार बोध गराएको छ ।’ अवार्ड जितेपछि अर्थ सरोकारसँग कुराकानी गर्दै किताब यात्राका सीइओ ऋषिराम अधिकारीले भने, ‘हामीलाई भोट गर्ने सबैलाई धन्यवाद । यो जित किताब यात्राको मात्र होइन, समग्र किताबप्रेमीहरुको पनि हो ।’

यता किताब यात्राका डेपुटी सीइओ विकेश भट्टराइले अवार्ड पाएपछि थप गुणस्तरीय सेवाका लागि चुनौती थपिएको उल्लेख गरे । ‘हाम्रा शुभचिन्तकहरुले हामीलाई यो अवार्ड दिलाईदिनुभएको छ । उहाँहरुको विश्वासलाई थप मजबुत बनाउन हाम्रो सेवालाई थप राम्रो बनाउनेछौं ।’ उनले भने । यस्तै किताब यात्राका निर्देशक क्रिपेश किशोर घिमिरेले अवार्ड दिलाउन सहयोग गर्ने, भोट गर्ने सबैलाई धन्यवाद दिंदै अवसरका लागि आयोजकलाईसमेत धन्यवाद दिएका छन् । 

किताब यात्रा प्रालिका सीइओ ऋषि राम अधिकारी अर्थ सरोकार डटकमका पूर्व सम्पादकसमेत हुन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी