
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विषादी परीक्षणबारे भारतीय दुतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्विकार गर्नु भएको छ । मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेष्ठ २१ गते सो विषयमा बोल्नु भएको तर हामीले त्यसको दूई दिन पछि मात्रै भारतीय दुतावासको पत्र दिनु गल्ती भएको स्वीकार गर्नु भएको हो । आईतबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री ओलीले बोल्नु अघि नै सो पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सो सम्बन्धमा भारतबाट कुनै दवाव नआएको सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नु भयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले, ’मन्त्री खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो ।’
मन्त्री खनालले भारतबाट आयातित विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहो¥याउनु भयो । यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उहाँको स्पष्टिकरण थियो । मन्त्री खनालले आयातित तरकारीमा विषादि परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउनु मन्त्री खनालको ध्यानाकर्षण गराएको थिए । समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराउनु भएको थियो ।
समितिका सदस्यहरुले सरकारले विषादि परीक्षणको कामलाई गम्भिरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्