काठमाडौं – कुमारी बैंकले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार यो नाफा गत वर्षको तुलनामा २८.०४% ले धेरै हो । गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो विवरण अनुसार बैंकको वितरण योग्य नाफा ९६ करोड ७० लाख ९७ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ४८.५५% र ४२.६५% ले बढेको छ । गत वर्ष २ अर्व ३ करोड २६ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष बढाएर ३ अर्व १ करोड ९४ लाख ५६ हजार रुपैयाँ रहेको छ । यता, सञ्चालन नाफा ५७ करोड ५४ लाख ७१ हजार रुपैयाँ बढाएर १ अर्व ९२ करोड ४७ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ।
यो चौथौ त्रैमाससम्ममा बैंकको निक्षेप संकलन २२.९४% बढेको छ भने कर्जा लगानी २०.६६% ले बढेको छ । साथै, जगेडा कोष पनि १९.७७% ले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ । रिटेन्ड अर्निङ भने ३६.०२% ले घटेर ९७ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.०४%ले घटेर ०.९७% पुगेको छ भने प्रतिसेयर आम्दनी १५ रुपैयाँ ३६ पैसा र प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्