×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वच्छ र सफा बनाउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले ल्यायो २ वटा ब्रुमर संचालनमा (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वच्छ र सफा बनाउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले ल्यायो २ वटा ब्रुमर संचालनमा (भिडियो रिपोर्ट)

Artha Sarokar

२४ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिनु भएको हो । उहाँले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताउनुभयो । त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा संचालन गरिनेछ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पार्नुभयो ।
इटालीमा निर्माण गरिएको दुई वटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ । जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने पनि मेयर महर्जनले विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाले बुु्रमरसँगै संचालनमा ल्याएको २ वटा पानी टयांकर भने सिप्रडी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो । ठूला बु्रमर संचालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी