काठमाडौं – लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३३.४३%ले वृद्धि गरी १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधिमा बैंकले खुद नाफा १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ कमाएको थियो । यस अवधिमा वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३०.५४% र ३६.८१% बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ३ अर्व ४ करोड ४६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा १ अर्व ६८ करोड ३० लाख ७६ हजार रुपैयाँबाट बढेर २ अर्व ३० करोड २६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा बैंकले ७९ अर्व ७४ करोड ३१ लाख ८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्व २२ करोड ७८ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ८ अर्व ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्व १६ करोड ५५ लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ ।
यता, बैंकको खराव कर्जा ०.१८%ले घटेर १.११ % मा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर १७ रुपैयाँ ६७ पैसा पुगको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्