×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीहरुलाई महालेखा परीक्षकको यस्तो निर्देशन, सुशासनबारे पनि पढाए पाठ ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

व्यवसायीहरुलाई महालेखा परीक्षकको यस्तो निर्देशन, सुशासनबारे पनि पढाए पाठ ! (भिडियो रिपोर्ट)

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  । महालेखा परीक्षक टंकमणि शर्माले मुलकमा वित्तिय अनुशासन कायम राख्नेगरी काम गर्न लेखा व्यवसायीहरुलाई सचेत गराउनु भएको छ । महालेखा परीक्षक शर्माले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने गरी व्यवसायिक दक्षताका साथ लेखा प्रणालीको व्यवस्था गर्न पनि लेखा व्यवसायीलाई निर्देशन दिनुभयो । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा वित्तिय पारदर्शीता कायम गराउन पनि लेखा व्यवसायीहरुले अझै क्रियाशील भएर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । महालेखा परीक्षक शर्माले लेखा प्रणालीको माध्यामबाट सरकार र निजी क्षेत्र सबैलाई जवाफदेही बनाउन लेखा व्यवसायी सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
महालेखा परीक्षक शर्माले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने काममा पनि लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराउनुभयो । उहाँले सम्वद्ध पक्षसँग सहकार्य गरेर लेखा प्रणालीलाई व्यवस्थित ढंगले अघि बढाउने आफ्नो दायित्वबाट लेखा व्यवसायीहरु पछि नहटने अपेक्षा गरिएको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: