Skip to content
LAXMI SUNRISE BANK

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पठायो ३५.५३% नगद लाभांश सेयरधनीको खातामा

अर्थ सरोकार

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ३५.५३% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । कम्पनीले आइपिएसमार्फत सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो। 
कम्पनीले हालसम्म पनि डिम्याट खाता नखोल्ने सेयरधनीलाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता खोलेपछि मात्र नगद जम्मा हुनेछ । यता, बोनस सेयर भने सीडीएस तथा नेप्सेमा सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने कम्पनीको भनाई छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK