काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा २०.०४%ले वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष १६ करोड १५ लाख ३१ हजार रुपैयाँ कमाएको छ ।
यस्तै, कम्पनीले खुद बिमा शुल्क पनि २८.२४% ले बढाएर १३ अर्ब ३४ करोड पुर्याएको छ । अघिल्लो वर्ष एलआइसीले १० अर्ब ४० करोड रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । कम्पनीको कुल दाबी भुक्तानी ३ अर्व ३९ करोड ११ लाख रुपैयाँ रहेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ।
कम्पनीले चुक्ता पुँजी ११.९९% र रिजर्भ कोष ०.१४% ले बढाएको छ । यस्तै, बिमा कोषको आकार पनि २७.८९% ले बढाउन सफल भएको छ । एलआइसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५१ पैसा रहेको छ ।