काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सको २०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशन गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले ८८ करोड रुपैयाँ पुँजीको १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद सेय्तर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।