×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसी आयोगको गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

मधेसी आयोगको गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च ! (भिडियो रिपोर्ट)

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मधेसी आयोगले गोष्ठी र अनुशिक्षण कार्यक्रम सञ्चालनमा मात्रै साढे ३ करोड बढी खर्च गरेको छ । आयोगले सोमबार ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि आर्थिक बर्ष २०७५/७६ मा गरिएको कार्यक्रम बारे जानकारी दिदै अनुशिक्षण र गोष्ठीका लागि ३ करोड ५६ लाख ८१ हजार १ सय ६८ रुपियाँ खर्च भएको जनाएको हो । यो रकम आयोगले प्रदेश २ का ८ वटा जिल्ला, प्रदेश १, प्रदेश ५ र ७ मा गोष्ठी तथा अनुशिक्षण कार्यक्रमका लागि खर्च गरेको हो । त्यसैगरी जनचेतना मुलुक रेडियो जिंगल निर्माणमा र प्रशारणमा साढे ४ लाख बढी खर्च गरेको छ ।
५ करोड ९० लाख रुपैया विनियोजन भएको आयोगले १ करोड ५२ लाख १८ हजार ८ सय ३१ रुपियाँ खर्च गर्न नसकेर फ्रिज भएको छ । २०७५ कात्तिक २५ गते कार्यालय स्थापना भएको आयोगको अध्यक्षको रुपमा डाक्टर बिजय कुमार दत्तले २०७५ चैत ७ गते पदभार सम्हाल्नुभएको थियो । आयोगका ४ सदस्यको पद रिक्त छन् ।हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: